NEB Result & News ले ७ प्रदेशबाट ४९ जनालाई LEBF College मा Scholarship मा IT पढाउने

काठमाडौँ । एनईबी रिजल्ट एण्ड न्यूजले एलबीईएफ कलेजसँगको सहकार्यमा देशभरका ७ प्रदेशबाट ४९ जना विद्यार्थीलाई छात्रवृत्तिमा B.Sc. (Hons.) in Information Technology (IT) अध्ययन गर्ने अवसर प्रदान गर्ने भएको छ।

यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेशबाट ७ जना विद्यार्थी छनोट गरिनेछ। जसमा हरेक प्रदेशबाट १ जनाले १००% कलेज शुल्क छुटसहित Full Scholarship पाउनेछन् भने बाँकी ६ जनाले ५०% कलेज शुल्क छुटसहित Partial Scholarship पाउनेछन्। यसअनुसार देशभरबाट जम्मा ७ जनालाई पूर्ण छात्रवृत्ति र ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिनेछ।

प्रदेशअनुसार छात्रवृत्ति वितरण गर्दा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट समान रूपमा १ जना Full Scholarship र ६ जना Partial Scholarship प्राप्त गर्ने विद्यार्थी छनोट गरिनेछ।

विद्यार्थी छनोटका लागि Scholarship Entrance Examination र +2 को GPA लाई आधार मानिनेछ। छनोट प्रक्रियामा प्रवेश परीक्षाको ७०% र +2 GPA को ३०% भार रहनेछ।

छात्रवृत्ति परीक्षा २०८३ असार १५ गते सोमबार, अर्थात् 29 June 2026 मा दिउँसो ३ बजेदेखि ४ बजेसम्म Online माध्यमबाट सञ्चालन हुनेछ। परीक्षाको Link विद्यार्थीले Registration गर्दा उपलब्ध गराएको Email Address मा पठाइनेछ।

इच्छुक विद्यार्थीहरूले तल दिइएको Registration Form भरेर छात्रवृत्ति परीक्षाका लागि आवेदन दिन सक्नेछन्:

https://forms.gle/Zm2WKqqeSYLuQ2U86

यस विशेष छात्रवृत्ति कार्यक्रमबाहेक पनि अन्य योग्य तथा इच्छुक विद्यार्थीहरूका लागि राम्रो Scholarship व्यवस्था रहेको जनाइएको छ। त्यसैले IT क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूले समयमै फारम भरी अवसरको सदुपयोग गर्न सक्नेछन्।

छात्रवृत्तिको नतिजा प्रकाशित भएपछि छनोट भएका विद्यार्थीहरूले ४ Working Days भित्र Admission Process पूरा गर्नुपर्नेछ। तोकिएको समयभित्र भर्ना प्रक्रिया पूरा नगरेमा छात्रवृत्तिको अवसर रद्द हुन सक्नेछ।

यो कार्यक्रमले नेपालका सातै प्रदेशका विद्यार्थीलाई IT शिक्षामा पहुँच बढाउन र योग्य विद्यार्थीलाई उच्च शिक्षामा अवसर प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

Responsive Popup Ad (PC & Mobile)