के तपाईहरुलाई पनि केमिस्ट्री (रसायन शास्त्र) गार्हो लाग्छ?
पास हुन् पढ्नुहोस् यसरी...
काठमाडौँ । धेरै जनालाई कक्षा १२ को केमिस्ट्री (रसायन शास्त्र) गाह्रो लाग्ने गर्दछ किनकी यसमा धेरै पढ्नुपर्ने र बुझ्नुपर्ने organic chemistry छ ।
अब Chemistry लाई अलिकति सजिलो बनाउने प्रयास गरौं है त । साच्चिकै भन्नुपर्दा 11/12 को Chemistry भनेको NEB मा सबैभन्दा धेरै Question छानीछानी लेख्न पाइने subject हो ।
किनकी chemistry मा जहिले पनि 33 ओटा question सोधिन्छ, जसमा विद्यार्थीले 22 ओटा question को मात्र answer दिनुपर्ने हुन्छ । ११ ओटा त question extra मात्रै हुन्छन् ।
Marks को हिसाबले भन्नुपर्दा 119 marks को question हुन्छ । जसमा विद्यार्थीले 75 marks को मात्र लेखे पुग्छ । यो भन्दा राम्रो कुरा के हुन सक्छ ?
कुनै पनि बिषयमा विद्यार्थीलाई यतिधेरै question choose गर्ने छुट छैन । त्यसैले मेरो बिचारमा chemistry को question pattern बनाउने मानिसलाई जति धन्यवाद दिए नि पुग्दैन ।
मेरो बुझाइ अनुसार 12 को chemistry (organic को ३-४ ओटा बाहेक) यति सजिलो छ कि मैले chemistry पढ्न छोडेको ३ बर्ष भयो, तर अझै पनि ती सबै chapter अनि topic हरु दिमागमा ताजा नै छन् । सबै कुरा हिजो, अस्ति पढे जस्तै लाग्ने गरि ।
ल अब सुरुमा Physical chemistry को कुरा गरौं ।
सुरुको chemical bonding and shape of molecule बाट सामान्यतया एउटै थरीको molecule हरुको shape, bond angle किन फरक फरक हुन्छ भनेर सोध्छ ।
जसमा सबैको answer दिदा bond pair, lone pair मा हुने repulsion को बारेमा लेखेर explain गर्नुपर्ने हुन्छ ।
Bond angle NH3 र NCl3 अनि H2O र H2S को किन फरक हुन्छ ? यो सबै Question को Answer भनेको electron pair repulsion को आधारमा दिनुपर्ने हुन्छ ।
Difference between pi and sigma bond, write short notes in VSEPR theory नछुटाइ हेर्नुहोला । एकचोटि हेरेपछी बुझिने कथा जस्तै सजिलो छ यो Topic हरु ।
Volumetric analysis एउटा लामो topic हो । यसमा Molarity, normality, normality equation, primary standard solution र secondary standard solution, End point and equivalence point को definition सरर book/note बाट पढ्नुहोस । अनि selection of indicator को theory पनि हेर्नुहोस ।
Normality को formula N = W × 1000/ E× V र normality equation N1V1=N2V2 भन्ने formula जानेपछि लगभग 50% numerical solve गर्न सकिन्छ ।
Ionic Equilibrium:
यसमा Ostwald’s Dilution law सबैभन्दा महत्वपूर्ण छ । Factor affecting degree of ionization, pH value, common ion effect, solubility product, buffer solution, Lewis’s acid and base को बारेमा पनि राम्ररी बुझ्नुहोला ।
सबै कथाजस्तै पढ्न रमाइलो लाग्ने topic हरु छन्, एकचोटि पढेपछी एक महिना सम्झिने खालको ।
Electrochemistry:
यसमा metallic र electrolytic conduction को बारेमा राम्ररी बुझ्नुहोला । Faradays law of electrolysis बुझिसकेपछी यसको numerical नि आउँछ जुन एकदमै सजिलो छ, formula लगाए मात्र पुग्छ ।
Energetics of chemical reaction/chemical thermodynamics:
यो 11 class को Thermodynamics हो भन्दा हुन्छ । यसमा Enthalpy, Entropy, First Law, Second Law of thermodynamics, Hess law of constant heat summation, Gibbs Free energy राम्ररी बुझेर पढ्नुहोला । सजिलो पनि छ, अनि रमाइलो पनि ।
Chemical kinetics सबैभन्दा Important topic हो । यसमा Rate of reaction र Rate Law को बारेमा बुझ्नुपर्छ । यो बुझिसकेपछी यसबाट लामो Table वाला numerical सोध्ने गरिन्छ जुन एकदमै सजिलो पनि छ ।
Rate law को simple formula लगाउदै solve गरेसी ठ्याक्कै 10 marks आउँछ । यति गरेपछी Physical chemistry सक्कियो । यो Topic हरु पढिसकेपछी तपाईंले कम्तीमा 40 नम्बर सजिलै ल्याउन सक्नुहुनेछ ।
अब organic chemistry:
Organic chemistry भोलि Engineering, medical अनि biology तिर जाने हो भने मज्जाले बुझेर पढ्नुहोला । होइन भने अरु बिषयमा यो चाहिदैन ।
सक्नुहुन्छ भने सबै पढ्नुहोस्, सकिँदैन भने तलको Topic हरु नछुटाइ पढ्नुहोस जसबाट तपाईंले कम्तीमा 20 नम्बर ल्याउन सक्नुहुने छ । यी topic हरुमा reaction mechanism बुझ्नु पर्दैन, थोरै बुझेपछी राम्ररी याद गर्न सकिन्छ ।
– Structure of Benzene
– Huckles rule
– Fridel Craft Alkylation/Acylation (VVI)
– 4 lab preparations out of which one or two is 100% sure.
– Preparation of Ethyl Iodide
– Preparation of Chloroform
– Preparation of Diethyl ether
– Preparation of Formic Acid
– Reimer Tiemann Reaction
– Willamson’s Ether Synthesis reaction
– Convert ethanol into ethanoic acid, ethanoic acid into methanoic acid, benzene from toluene, 1 bromopropane into 2 bromopropane
– Victor Mayor Test for determination of 1, 2, 3-degree alcohol
– Example of esterification
Molecules of life and chemistry in service to mankind बाट 8 marks को Question आउँछ । त्यसैले polymer, monomer, polysaccharide, disaccharide, monosaccharide, DDT को definition र Example हेर्नुहोला ।
Inorganic मा chemistry of white vitriol, blue vitriol, calomel, zinc white हेर्नुहोला । Zinc र Iron को मध्ये एउटा Extraction 90% आउँछ । Rusting of iron, use of zinc, mercury, iron पनि हेर्नुहोला ।
एउटा सामान्य विद्यार्थीले यी Topic एकैदिनमा पढेर सक्छ । जुन पढिसकेपछी तपाइँले 75 मा 60+ नम्बर सजिलै ल्याउन सक्नुहुने छ ।
कुनै Topic/formula/numerical नबुझेमा हामीलाई म्यासेज गर्नुहोला । Short Question र Numerical को लागि old is gold हेर्नुहोला । अब मज्जाले पढ्नुहोस् है त !