काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने, सुदूरपश्चिमले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो संस्करणअन्तर्गत आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यस खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। टस जितेसँगै काठमाडौंले सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

यस खेलमा सुदूरपश्चिम रोयल्स पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफल बनाउने लक्ष्यमा हुनेछ भने काठमाडौं गोर्खाज सुरुवातमै विकेट निकाल्दै सुदूरपश्चिमलाई दबाबमा राख्न चाहन्छ। दुवै टोलीका लागि महत्वपूर्ण रहेको यस खेलमा कस्तो प्रदर्शन हुनेछ भन्ने चासो क्रिकेटप्रेमीमा रहेको छ।