काठमाडौं गोर्खाजलाई सुदूरपश्चिमले दियो १२६ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनाएको हो।
अब काठमाडौं गोर्खाजले जितका लागि १२६ रन बनाउनुपर्नेछ।