को हुन् टियुको वेबसाइट ह्याक गर्ने व्यक्ति, किन र कसरी गरे ह्याक?

हिजो त्रिवि पनिकाको वेबसाईट ह्याक गर्ने व्यक्ति थिए रूकुम पश्चिमका १६ वर्षिय रोहित रोकाया। उनि Capital College and Research Center (CCRC) को कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन्।

आखिर किन गरे त उनले त्रिविको वेबसाईट ह्याक? पढ्नुहोस उनको भनाइ जस्ताको तस्तै: “TU को site किन hack गरेको भन्दा Facebook मा TU को site मा spelling mistake भएको post हरू आइरहेकाले कस्तो रैछ भनेर check गर्दा glitch type को भेटे अनि मैले secure छ कि छैन भनेर test गरेर हेर्दा last मा admin को access लिन मिल्ने page रैछ, मैले त्यहाँबाट access लेको हो, access पाए पछि मैले bug report गर्न खोज्दा report गर्ने site नै भेटिन र TU का मान्छेलाई contact गर्न खोज्दा contact नै भएन अनि मैले त्यतिबेला अर्कोले hack गर्न सक्छ र data leak गर्नसक्छ भनेर TU लाई attention गराउनको लागि आफ्नो Facebook को link राखेँ।”

उनले विद्यार्थीको परीक्षाफल (Result) नै परिवर्तन (change) गर्न सकिनेसम्मको कमजोरी पनि उक्त वेबसाइटमा भेटिएका थिए।