विश्व कप खेल्न वेस्ट इन्डिज पुगे क्रिकेटर सन्दीप लामिछाने

काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने विश्व कप खेल्न वेस्ट इन्डिज पुगेका छन् । उनले फेसबुकमा एक पोस्ट राख्दै आफु विश्व कप खेल्न वेस्ट इन्डिज पुगेको बताएका हुन् ।

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) ले पनि “जारी आईसीसी पुरुष टि२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दिप लामिछाने वेस्ट इण्डिजमा हुने खेलहरुमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं।” भन्दै विज्ञप्ति निकालेको छ ।

वेस्ट इन्डिज पुगेपछि सन्दीप लामिछानेले फेसबुकमा लेखेका छन्: “मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्छु तर दुर्भाग्यवश त्यसले काम गरेन।”

तर अब ती सबैलाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु। हामीलाई तपाईको सकारात्मक सहयोग र आशिर्वाद पहिले भन्दा बढी चाहिन्छ ।”

हेर्नुहोस् उनले गरेको फेसबुक पोस्ट:

हेर्नुहोस् नेपाल क्रिकेट संघ (क्यान) को बिज्ञप्ति:

May be an image of map and text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

Responsive Popup Ad (PC & Mobile)