जुन धारोमा राजा पृथ्वीनारायण शाहले पानी पिउने गर्थे

गोरखा । गोरखाको गोरखा नगरपालिका वडा नं. ५ मानेपानीमा अवस्थित ऐतिहासिक मानेपानी ढुङे धारो जहाँ राजा पृथ्वीनारायण शाहले पानी पिउने गर्थे ।
गोरखाका तत्कालिन राजा पृथ्वीनारायण शाहले यसै धारोमा दैनिक एक माना पानी पिएको हुनाले यस धारोको नाम मानेपानी धारो रहन गएको भनाइ छ ।
यो धारो गोरखकाली मन्दिर देखि बिन्ध्याबासिनी माइको मन्दिर जाने पदमार्गको बिचमा रहेको छ ।
यस धारोमा गर्मीमा चिसो र जाडोमा तातो पानी आउने अनौठो विशेषता पनि रहेको छ ।