सिमलताल दुर्घटना : ११ वटा शव भेटिए, ७ वटाको मात्रै सनाखत भयो

चितवन । हालसम्म शुक्रबार बिहान मुग्लिन नजिक सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुईवटा बसका ११ जनाको शव भेटिएको छ । भने, अरु यात्रुहरु र बसको पनि तिब्र गतिमा खोजि भइरहेको छ ।

दुइ बसमा गरि ६५ जना यात्रुहरु रहेका थिए जसमा तीनजना यात्रु सकुशल रहेका छन् । ६२ जनामा अहिले सम्म ११ जनाको मात्रै शव भेटिएको हो ।

भेटिएका ११ वटा शव मध्ये अहिले सम्म ७ वटा शवको मात्रै सनाखत भएको छ । उनीहरुको सनाखत आफ्नै परिवारका सदस्यहरुले गरेका हुन् ।

यी हुन् मुग्लिन दुर्घटनामा शव भेटिएर सनाखत भएका व्यक्तिहरु:

  1. भारतको बिहार बेतिया जिल्लास्थित पश्चिम सम्पारण बस्ने वर्ष ४० को सजाद अन्सारी जो एन्जल डिलक्स बसमा वीरगन्जबाट काठमाडौं जाँदै थिए । उनका दाजु मेराज हुसेनले शवको सनाखत गरेका हुन् ।
  2. भारत बिहार–पश्चिम चम्पारण बेतियाथाना बस्ने ३० वर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर जो काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स बसमा सवार थिए । उनको शव उनका दाइ ओमप्रकाश ठाकुरले सनाखत गरेको हुन् ।
  3. भरतपुर महानगरपालिका-२२ पटिहानी पदमपोखरीका २२ वर्षीय सुदीप विक जो वीरगन्जबाट काठमाडौं गइरहेको एन्जल डिलक्स बसको यात्रु थिए ।
  4. रौतहट जिल्ला जमुनामाई-४ का १७ वर्षीय फिरोज राहुप मिया जो काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसको यात्रु थिए ।
  5. चितवनको माडी नगरपालिका-१ का २२ वर्षीय विकास परियार जो वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा थिए । उनको दाइ विजय परियारले चिनेर शवको सनाखत गरेका हुन् ।
  6. सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी जो काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति बसमा सवार यात्रु थिए । उनका बुवा रविन्द्र कुशर माझीले शवको सनाखत गरेका हुन् ।
  7. भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह जो काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति बसमा सवार यात्रु थिए । शव उनका बुबा र दाजुले सनाखत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा