एसईईको नतिजा चित्त नबुझेमा पुनः परीक्षण गराउन पाउने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई २०८० को नतिजा पुनर्योग गर्दा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउने र त्यसमा पनि चित्त नबुझे पुन: परीक्षण गराउन पाउने बताएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईई २०८० को पुनर्योगको नतिजा क्रमश सार्वजनिक गरिरहँदा मानवीय त्रुटि हुन सक्ने भएकाले यस्तो सुविधा राखिएको बताएका हुन् ।
बोर्डका अध्यक्ष शर्माका अनुशार विद्यार्थीहरूले उत्तरपुस्तिका हेर्न र त्यसमा पनि चित्त नबुझे पुन: परीक्षण गराउनका लागि आवेदन दिनु पर्ने हुन्छ ।
२३ साउनदेखि हुने एसईईको ग्रेडवृद्धि परीक्षा सकिएपछि आवेदन लिने तयारी भएको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?