कक्षा १२ को पुरक परिक्षा भदौ २५ बाट हुने

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को पुरक (मौका) परिक्षा भदौ २५ र २६ गते गर्ने भएको छ । २०८१ भदौ २५ गते मंगलबार अनिवार्य अङग्रेजी (००४१) र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय हुने छन् ।

त्यस्तै दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफुले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषयको परिक्षा दिन पर्ने छ । अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा मौका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा दिनुपर्नेछ ।

२०८१ भदौ २६ गते बुधबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफुले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिनुपर्नेछ । यस दिन अनिवार्य अङग्रेजी (००४१) विषयको परीक्षा सञ्चालन हुनेछैन ।

दुइ ओटा विषय सम्म NG आएकाले मात्र यो पुरक परिक्षामा भाग लिन पाउने छन् भने अन्य ३ वा सो भन्दा बढी NG आएको व्यक्तिले अर्को वर्ष पुन NG आएको विषयहरुको मात्रै परिक्षा दिनु पर्ने हुन्छ ।

माथि भनिएको  पुरक परिक्षामा सामेल हुन २०८१ भदौ १४ भित्र नै पुरक परिक्षाको फारम भरि सक्नु पर्ने छ ।

Retotaling को विषयमा हाम्रो युटुबमा सबै बुझ्ने तरीकाले भिडिओ आउने छ तेसैले युटुबल च्यानेललाई subscribe गरेर राख्नु होला । Subscribe गर्नको लागि लिंक: neb.yt अथवा माथिको रातो फोटोमा थिच्न सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा