अमेरिकामाथि नेपालको सानदार जित

काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालले सुखद सुरुवात गरेको छ । नेपालले अमेरिका माथि १७ रनको जित निकालेको हो ।
टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा बिहान पौने ६ बजे सुरु भएको खेलमा अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले अमेरिकालाई निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ६५ रनको चुनौती दिएको थियो ।
नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा अमेरिका २० ओभरमा ७ विकेट गुमाएर १४७ रनमा समेटियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए ।
ब्याटिङ तर्फ नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४९ रन बनाए । साथै दिपेन्द्र सिहं एरीले २८ रन बनाउँदा आसिफ सेख र अनिल शाहले समान २७/२७ रन बनाए । गुल्शन झाले ११ रन बनाउदा कुशल भर्तेल १० रनमा आउट भए । यसैगरि सोमपाल कामीले २ रन मात्र बनाउन सके ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?