एनपीएल खेल्न आएका धवन सगरमाथा आधार शिविर पुगे (तस्बिरहरू)

काठमाडौँ । नेपाल प्रमियर लिग (एनपिएल) मा कर्णाली याक्सबाट खेल्न आएका भारतीय स्टार क्रिकेटर शिखर धवन सगरमाथा आधार शिविर पुगेका छन् ।

भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर धवन आइतबार हेलिकप्टरमार्फत सगरमाथा आधार शिविर पुगेका हुन् । उनले पुन: मार्चमा नेपाल घुम्न आउने बाचा समेत गरेका छन् ।

नेपाल प्रिमियर लिगमा कर्णालीका लागि ४ खेल खेलेर उनी आज (आइतवार) साँझ नै भारत फर्केका छन् ।

हेर्नुहोस् तस्बिरहरू:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा