के मुगुकी महिलाले ६ वटा बच्चा जन्माएकी हुन् ?
![](https://nebnews.net/wp-content/uploads/2024/12/Add-a-subheading-31.png)
काठमाडौँ । आज मङ्सिर २८ अर्थात् शुक्रबारको दिन सामाजिक संजालमा जता ततै “कर्णाली मुगु की एक महिलाले छ वटा बच्चालाई जन्म दिएकी छिन” भन्ने शिर्षकमा एक समाचार भाइरल भइराखेको छ ।
उक्त भाइरल सबै पोस्टमा एउतै तस्बिर प्रयोग गरिएको छ जुन ए. आइ. (AI) को प्रयोग गरि बनाइएको सजिलै थाहा हुन्छ ।
के त्यो कुरा साचो हो त ?
एकै समयमा छवटा बच्चा जन्माउने घटनालाई सेक्सटुप्लेट्स (sextuplets) भनिन्छ, र यो अत्यन्तै दुर्लभ घटना हो । विश्वव्यापी रूपमा सेक्सटुप्लेटहरू जन्माउने व्यक्तिहरूको संख्या कम (७५ – १००) मात्रामा छ ।
जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी विभाकर मिश्रसँगले यस्तो कुनै पनि घटना मुगुमा नभएको बताउदै यो भ्रामक सूचना भएको बताएका छन् ।
त्यसैले सामाजिक संजालमा उपलब्ध सम्पूर्ण सामग्री साचो हुन्छ भन्ने हुदैन र यो पनि साचो हैन । कुनै एक व्यक्तिले ए. आइ. (AI) को प्रयोग गरि बनाएको तस्बिर राखेर पोस्ट गरेको र त्यहि पोस्टलाइ आधार मानी सबै तिर उक्त कुरा आएको हुन् सक्छ ।
अन्तत: हामीले गरेको फ्याक्ट चेकमा कर्णाली मुगु की एक महिलाले छ वटा बच्चालाई जन्म दिएको कुरा मिथ्य सूचना अर्थात् फेक निउज रहेको निस्कर्ष निस्कियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?