मिस्टर बिस्टले बनाइदिए नेपालको अस्पताल झिलिमिली, खुसीको सिमा नाघ्यो

काठमाडौं । विश्वचर्चित युट्यूबर मिस्टर बिस्ट ले सिन्धुलीको फिक्कलमा रहेको एउटा अस्पताललाई सोलार बत्तीले झिलीमिली बनाएको भिडीयो सार्वजनिक गरेका छन् । निर्माणाधीन अस्पतालमा ११ किलोवाटको सोलार जडान गरिएको ‘बिस्ट फिल्यान्थ्रोपी’ नामक युट्यूब च्यानलमा अपलोड गरेको भिडिओमा उल्लेख गरिएको छ ।

‘बिस्ट फिल्यान्थ्रोपी’ नामक युट्यूब च्यानलमा अपलोड गरिएको भिडियोले उक्त अस्पतालमा पुगेर मिस्टर बिस्टको टिमले के कसरी काम गरेको थियो भन्ने वर्णन गरेको छ । विद्युतको पहुँच नभएकाले राम्रो उपचार नपाउँदा यस ठाउँका मानिसहरु अकालमा मरिरहेको तथा महिलाहरुको गर्भ खेर गइरहेको पृष्ठभूमि देखाइएको छ ।

मिस्टर बिस्टको २०२३ को डिसेम्बरमा बिस्टको टीम ‘सिक्रेट मिसन’ मा नेपाल आएको थियो । के कामका लागि नेपाल आएको भन्ने कुरालाई गोप्य राखिएको थियो । त्यसबेलादेखि गरेको कामलाई आइतबार भिडिओ बनाएर खुलासा गरिएको हो । मिस्टर बिस्टको टिमले ‘गिभ पावर’ नामक संस्थासँगको सहकार्यमा सोलान जडान गरेको हो ।

सोलान जडान भएर बत्ति बलेको हेर्न गाउँलेहरु जम्मा भएका थिए । उक्त दृष्य पनि भिडियोमा समेटिएको छ । पहिलोपटक अस्पतालमा बत्तिबलमा स्थानीय जनताहरु हर्षित बनेका थिए ।

को हुन् मिस्टर बिस्ट ?

२५ वर्षिय मिस्टर बिस्ट अमेरिकन युट्यूबर हुन् । उनको वास्तविक नाम जेम्स स्टेफन डोनाल्डसन हो । युट्यूबमा उनका २५ करोडभन्दा बढी सब्स्क्राइबर्स छन् । उनी सामाजिक कामहरुमा पनि सक्रिय रहने गर्छन् ।

 

हेर्नुहोस् भिडिओ