जहाँ पूजाआजा गरेपछि सन्तान प्राप्ति हुन्छ

गोरखा । गोरखा सदरमुकामदेखि करिब १३ किलोमिटर पूर्वतर्फको दुरीमा सन्तानेश्वरको मन्दिर अवस्थित छ । शहिद लखन गाउँपालिका वडा नं. ८ मा रहेको यस मन्दिर प्रति मानिसहरुको अनौठो विश्वास रहेको छ ।

त्यहाँ दिनभर व्रत बसेर रातभर बत्ती बाल्दा सन्तान प्राप्ती हुन्छ भन्ने विश्वास छ । अरु समयमा सन्तानेश्वर महादेव मन्दिरमा खासै भीड लाग्दैन् । शिवरात्री र तीजमा भने मेलामा जस्तो मानिसको भीड लाग्छ।

तीजको समयमा भने पूजाआजा गर्ने र महादेवसँग बर माग्नको लागि भक्तजनहरु मन्दिर आउने गर्छन् । सन्तानेश्वर मन्दिरमा सन्तान सुख र मनोकांक्षा पूरा हुने विश्वासमा भक्तजनहरु मन्दिर आउने गरेको स्थानिय धिरेन्द्र भण्डारी बताउछन् ।

सो मन्दिरमा भाक्कल गर्न आउने मानिसहरुले छोरा नभएकालाई छोरा र छोरी नभएकालाई छोरी प्राप्त हुने जनविश्वास छ । यसैगरी विवाह नभएकाहरुले बिबाह होस् भनि लागि भाक्कल गर्दा मनोकामना पुरा हुने धार्मिक विश्वास छ।

सन्तानकै लागि प्राय मानिसहरु महादेवको मन्दिर आउनुहुन्छ, अर्का स्थानीयले भने, मनबाट सेवा गर्यो भने मनले जे चितायो त्यो पुरा हुन्छ ।

शहिद लखन कि सानी श्रेष्ठ छोरा नभएर चिन्तित थिइन्। उनले ३ जना छोरीलाई जन्म दिइन् छोरी जन्मिएको ७ वर्ष सम्म छोरा भएनन् । धेरै भगवानको तपस्या पूजाआजा समेत गरे तर उनको समस्या समाधान भएन्।

उक्त सो वर्ष नै घरमा पूजाआजा गरेर शिवरात्रीमा सन्तानेश्वर महादेव मिन्दिरमा उनले फूलको डोली लगिन् मन्दिरमा रातभर बत्ति बालिन् । महादेवजी मलाई छोरा दिनुहोस् भनि बत्ति बालेर रातभर जाग्रराम बसें’ उनले भनिन् । त्यसपछि उनले जुम्ल्याहा छोरा जन्माइन् ।

‘अरूले भनेको सुन्दा विश्वास थिएन, आफैले भोगेपछि विश्वास भयो, उनले भनिन् । उनी अहिले ६९ वर्षकी भइन् । आफ्नो मनोकामना पुरा गरिएको भन्दै उनले खुसी व्यक्त गरिन् । यसरी सन्तान नभएका, सन्तान भएर पनि आफ्नो चाहना अनुसार छोरा नहुने छोरा माग्ने र छोरी नहुनेले छोरी माग्दा प्राप्त हुने जनविश्वास छ ।

विशेष गरी उक्त मन्दिरमा रातभर जाग्राम बसेर भजनकीर्तन गर्ने, लाखे नाँच लगाउने साथै बत्ति बाल्ने परम्परा छ। शिवरात्रीमा विषेश पूजा हुन्छ। उक्त दिन भक्तजले पहली चन्दन, पहेंलो अक्षता, गाईको दुध, ख्रिखण्ड, बेलपत्रले पूजा गर्ने परम्परा छ ।

सन्तानेश्वरको आशिषले सन्तान प्राप्त हुने भरोसा गर्ने भक्तजन मात्रै होइन, बिहे लगायत धर्मकर्मका लागि पनि मानिसहरु आउने गर्छन। उक्त मन्दिरमा वाग्ले परिवारले पुस्तौदेखि महादेव मन्दिरमा पूजा गर्दै आएका थिए।

वर्षौं पुरानो उक्त मन्दिर जीर्ण बनेपछि २०५० सालमा पशुपति नाथबाट नयाँ शिला ल्याइएको पुर्ननिर्माण गरि एकाथियों उक्त शिला ल्याएपछि सामान्य मन्दिर बनाएर ०५१ सालदेखि स्थानीय शिबराज वाग्लेले नियमित रुपमा पूजाआजा गर्दै आएका थिए।

२०७२ सालको भुकम्पले मन्दिर भत्कायो। त्यसपछि स्थानियको सहयोगमा जगे देखि मन्दिर पुर्ननिर्माण गरिएको छ । हाल पूजाआजा गर्दै आएका शिवराज वाग्लेका बाबु बालकृष्ण वाग्ले, हजुरबुबा गुणाखर वाग्ले लगायतले उनका पुर्खाले पूजारीको रुपमा काम गरेका थिए ।

सन्तानेश्वर क्षेत्रलाई धार्मिक पर्यटनका केन्द्र बनाउन लागिएको सन्तानेश्वर महादेव मन्दिर व्यवस्थापन तथा संरक्षण समितिका सचिव अमृतबाबु श्रेष्ठ बताउँछन् । समितिले मन्दिर परिसरमा शिवरात्रीको अवसर मा धार्मिक, सास्कृतिक, पर्यटकिय स्थलको जर्गेना गर्ने उदेश्यले वर्षेनी महाशिवरात्री पर्व विषेश रुपमा मनाउदै आएको उनले बताए।

सो कार्यक्रममा स्थानीय झाकी, लाखेनाच पन्चेबाजा, झ्याउरे, भजन लगायत विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रम हुने गरेको छ ।