जापानमा गयो ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
टोकियो । जापानमा बिहीबार दिउँसो मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु बनाएर ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ ।
यस भूकम्पबाट सुनामीको खतरा भएकाले जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको एड्भाइजरी जारी गरेको छ । याजाकी, कोची, ओइटा, कागोशिमा र इह्मी प्रिपेक्चरहरूमा सुनामी आउन सक्ने भन्दै सचेत रहन सूचना जारी गरिएको हो।
सुनामी एक मिटरसम्म आउनसक्ने जापानको समाचार संस्था एनएचके वर्ल्डले समाचारमा लेखेको छ। त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई समुन्द्र किनारबाट टाढा रहन अनुरोध गरिएको छ।
अहिलेसम्म कुनै पनि चोटपटक वा क्षतिको विवरण प्राप्त भएको छैन ।
पोखरामा यति एयरको प्लेन दुर्घटना हुनु अगाडी पाइलट र कोपाइलटबीच भएको कुराकानी :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?