आज विराटनगरलाई हराएको काठमाडौं गुर्खाज पनि प्लेअफमा जान सक्ने सम्भावना

काठमाडौं । विराटनगर किंग्सलाइ १ विकेटले जितेपछि काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ । लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा छ ।

अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमाडौं शीर्ष चारमा पर्ने सम्भावना हुनेछ । काठमाडौंले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।

सोमबार सुदूरपश्चिम र कर्णाली याक्सबीच हुने खेलपछि मात्र काठमाडौं प्लेअफ पुग्ने नपुग्ने टुङ्गो लाग्नेछ । सुदूरपश्चिमले कर्णालीलाई ५३ रन भन्दा बढीले पराजित गरेमा मात्र काठमाडौं नेटरनरेटमा माथि आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा