Official Website of NEB Result & News

कालीमाटीमा आलु, काउली, फर्सी र गाँजरको मूल्य घट्यो, कुन तरकारीको मूल्य कति?

 काठमाडौँ । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (आइतबार) कालीमाटीमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटेको छ। केही तरकारीको मूल्य भने बढेको समितिले जनाएको छ। कतिपय तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

आज कालीमाटीमा आलु, काउली, हरियो फर्सी, गाँजरसहितका तरकारीको मूल्य घटेको छ।

कालीमाटी बजारमा आज सबैभन्दा सस्तो तरकारी भन्टा छ भने सबैभन्दा महँगो तरकारी डल्ले च्याउ छ।

भन्टा औसतमा २५ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा तीन सय ७५  रुपैयाँ भन्दा बढी मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

हेर्नुहोस् सबै तरकारी र फलफूलको मूल्यसूची