जब भारतीय अभिनेत्रीले पब्लिसिटी स्टन्टका लागि आफ्नै मृत्युको खबर सार्वजनिक गरिन…
केहि दिन अघि भारतीय अभिनेत्री पुनम पाण्डेको मृत्युको खबरले भारतीय सामाजिक संजाल त तात्यो नै नेपाली सामाजिक संजाल पनि मजैले तात्यो। नतातोस पनि कसरि, उनको आफ्नै सामाजिक संजाल ‘Instagram’ बाट उक्त खबर बाहिरिएको थियो।
उक्त इन्स्टाग्राम पोस्टमा लेखिएको थियो, “आजको बिहान हाम्रो लागि कठिन छ। हामीले हाम्रो प्यारो पूनमलाई पाठेघरको मुखको क्यान्सरबाट गुमाएका छौं भनी जानकारी गराउँदछौं।” त्यस पश्चात भारतीय mainstream media हरु सबैले उक्त खबरलाइ प्रकाशित गर्न थाले। उक्त काममा हाम्रा nepali mainstream media हरु पनि पछि परेनन् सबैले हलिहले, हामीले पनि हालेका थियौँ।
हुदा हुदा google पनि झुक्कीयो “poonam pandey” भनेर google मा search गर्दा Born May 11, 1991 र Death February 1, 2024 देखाईरहेको थियो।
तर त्यस्को भोलिपल्ट नै उनले इन्स्टाग्राममार्फत एक भिडिओ सन्देश राख्दै आफ्नो मृत्यु नभएको बताएकी छन्। क्यान्सरसम्बन्धी जनचेतना फैलाउन यो पब्लिसिटी स्टन्ट गरेको पुनमले बताएकि छिन र अर्को एक भिडियो सेयर गर्दै उनले सबैसँग माफी पनि मागेकी छिन्।
पुनमले भिडिओमा भनेकी छन्, ‘म जिउँदै छु। मैले आफ्नो मृत्यु सर्भिकल क्यान्सरका कारण भएको भनेर भ्रम फैलाएँ। यो अति हो भन्ने मलाई थाहा छ। मैले धेरैको मन दुखाएकी छु भन्ने पनि मलाई थाहा छ, तर यो सबै चेतना जगाउने उद्देश्यले गरेकी हुँ। सर्भिकल क्यान्सरले मेरो प्राण लिएको छैन तर धेरै जनाले ज्यान गुमाएका छन्। यसबारे कसैले पनि ध्यान दिएका छैनन्। मैले मेरो मृत्यु यो रोगका कारण भएको भनेपछि अहिले सबै जना सर्भिकल क्यान्सरका बारेमा कुरा गरिरहेका छन्। मेरो मृत्युको खबरले सर्भिकल क्यान्सरबारे जे उपलब्धि हासिल गरेको छ, त्यसमा मलाई गर्व छ।’
पूनमको यो व्यवहारबाट धेरै जना आक्रोशित हुँदै आलोचना गरेका छन्। चर्चा पाउनका निम्ति उनले यो हदसम्मको हर्कत गरेको भन्दै सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरूसम्मले उनले बेबकुफी गरेको भनेका छन्।
त्यस्तै केहीले चर्चा र सचेतनाका नाममा मानिसहरूको संवेदनामाथि खेलबाड गरेको पनि भनेका छन्। केहीले भने उनलाई सचेतनाका लागि यतिसम्मको हिम्मत गरेको भन्दै तारिफ पनि गरेका छन्।