एनसेलमा डेटा प्याक वा ब्यालेन्स नभए पनि इन्टरनेट चलाउन मिल्ने
काठमाडौं । एनसेल सिममा अब डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन मिल्ने भएको छ । एनसेलले फेसबुकसँग (मेटा) सहकार्य गरेर आफ्ना ग्राहकका लागि ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुक चलाउन मिल्ने व्यवस्था मिलाएको हो ।
कसरि प्रयोग गर्ने त?
तपाईहरुले एनसेलको सिममा ब्यालेन्स र डेटा प्याक नभएको समयमा डेटा अन गरेर फेसबुकमा जानु भयो भने तलको जस्तो मेसेज स्क्रीनमा देख्न सक्नु हुनेछ ।
यस मेसेजको तल पट्टि रहेको “continue” बटनमा थिचेपछि तपाईंले Facebook मा टेक्स्ट र फोटोहरू हेर्न Ncell बाट प्रति दिन 30 MB सम्म प्राप्त गर्नुहुनेछ ।
एकचोटि तपाईंले डाटा किन्नुभएपछि, तपाईं स्वचालित रूपमा पहिले झैँ गरि फेसबुकमा फर्कनुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?