अस्ति जंगलमा फेला परेका बृद्ध आफै गएका थिए जंगल, यस्तो रहेछ वास्तविकता

काठमाडौँ । अहिले सामाजिक संजालहरुमा ७० वर्षीय जामुनलाल झाँगडको धेरै नै चर्चा चलिरहेको छ जो मोरङ बेलबारीको एक जंगलमा अलपत्र अवस्था फेला परेका थिए । अहिले उनको उद्धार गरेर सुन्दरहरैँचा नगर अस्पतामा उपचार भइरहेको छ ।
अस्ति देखि धेरै तिर उनलाई आफ्नै छोराबुहारीले मोटरसाइकलमा हालेर लगेको र जङ्गलको बिचमा छोडेको भनेर समाचारहरु आइरहेको छ तर घटनाको वास्तविकता भने अर्कै रहेको पाइएको छ ।
उनका दुई छोरा छन् । एक छोरा भारतमा छन् भने अर्का छोरा नेपालमै छन् । नेपालमै रहेका छोरा हुन् जलुवा ऋषिदेव जो गाउमा एक सामान्य ज्यलादारि गर्ने गर्छन । उनले ट्वाइलेट सरसफाई गर्ने, खेतीपाती गर्ने, दाउरा चिर्ने जस्ता कामहरु गरेर जीविकोपार्जन गर्ने गर्छन, उनि संग बाइक हुने त कुरै भएन । साथै उनि हाइड्रोसिलका बिरामी हुन् । उनले साइकल त चलाउन सक्दैनन् बाइक चलाउने त कुरै नगरौं ।
बृद्धका छोरा जलुवा ऋषिदेव भन्छन् “म गलत काम तेस्तो केहि गर्दिन । मेरो बाउ हुन् । म कसरि तेस्तो गर्छु होला ल भन्नुस त ।”

उक्त बृद्ध व्यक्ति स्थानीय वासिन्दा रहेका सुन्दरहरैँचा नगरपालिका वार्ड नं. १ का वडाध्यक्ष राम विश्वासले बिरामी बृद्धलाइ सोध्दा उक्त बृद्ध व्यक्तिले “हिन्दा हिन्दै जंगल पुगेको र त्यहाँ अल्मलिएको अनि अलपत्र परेको” बताएका छन् ।
अन्तत: घटनाको वास्तविकता यस्तो रहेछ । उनि बृद्ध केहि दिन अघि आफै छोरीको घर जान भनि घरबाट हिनेका थिए । उनलाई सामान्यतया गाडी चढ्न भन्दा हिन्न सजिलो लाग्नाले उनि हिन्दै गए । जंगलको बाटो भएकाले उनिले जंगलको बिचमा पुगेपछि बाटो बिर्सिएर जंगलमै अलपत्र पर्न पुगे । पछि बेलबारी चिसाङ साझेदारी जङ्गलको गस्ती टोलीले अस्ति बिहान वृद्धलाई भेटेर उद्धार गरेको हो ।
सुन्दरहरैँचा नगर अस्पतालका चिकित्सक सरोज मण्डल संग उहा वृद्धको स्वास्थ्य अवस्था बारे बुझ्दा उहा भन्नु हुन्छ, “बाहिरी रुपमा धेरै सुधार भएको देख्न सकिन्छ, हिजो उहा अचेत अवस्थामा हुनुहुन्थ्यो भने आज आफ्ना परिवारका सदस्य संग संवाद गर्न सक्ने अवस्थामा हुनुहुन्छ ।”
– निकेश बराल जिको भिडियोको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?