दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा पसिना, अनिष्टको संकेत
दोलखा । दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा आज दिउँसोबाट ‘पसिना’ आएको छ । भीमेश्वर मन्दीरको शिलामा आज दिउँसो १ः ४७ बजेबाट पसिना आउन सुरु भएको हो ।
शिलाको वाँयातर्फबाट पसिना आएको भीमेश्वर पुजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पसिना आउने क्रम अझै जारी रहेको छ ।
भीमेश्वरको शीलामा वायाँतर्फबाट पसिना आएमा जनतालाई अनिष्ट हुने जनविश्वास रहीआएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?