चलचित्र ‘१२ गाउँ’ युट्युबमा छ्याप छ्याप्ती लिक

काठमाडौं । अहिले हलमा प्रदर्शनरत नेपाली चलचित्र ‘१२ गाउँ’ लिक भएको छ । चलचित्रको हल प्रिन्ट भिडियो युट्युबमार्फत लिक भएको हो ।
‘समिर भट्ट फ्यान’ नामक युट्युब च्यानलमार्फत् चलचित्रको पूर्ण अंश लिक भएको थियो । यद्यपि उक्त च्यानल अहिले अनपब्लिस भएको छ । निर्माण पक्षले कपिराईट्स लगाएपछि उक्त च्यानल अनपब्लिस भएको हो ।
तर, अन्य थुप्रै च्यानलमार्फत पनि फिल्मका क्लिपहरू पब्लिस भइरहेका छन् । सार्वजनिक भएका फिल्मका क्लिपहरू हल प्रिन्ट खालका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?