पुरानो मित्रता बिर्सेर किन अभिजितले दयामाथि गोलि हाने ?

चर्चित टिभी शृंखला सीआईडीको प्रोमो सार्वजनिक

काठमाडौँ । भारतको चर्चित टिभी शृंखला मध्येको एक सीआईडीले ​​६ वर्षपछि पुनरागमन गर्ने भएको छ । सोनी इन्टरटेनमेन्ट टेलिभिजनको आधिकारिक सोशल मिडिया ह्यान्डलले लोकप्रिय सीआईडी ​​शो फिर्ताको घोषणा गर्दै उक्त सोको छोटो क्लीप (प्रोमो) उप्लोड गरेको छ ।

उक्त प्रोमोमा अभिजीतले दयालाइ गोली हानेको दृश्य देख्न सकिन्छ र उक्त समयमा प्रद्युमनले उनलाई रोक्न खोज्छन्, त्यसपछि कार्यक्रमको पुनरागमनलाई जोड दिँदै विशेष सीटी बजाएर भिडियो समाप्त हुन्छ ।

उक्त भिडिओ (प्रोमो) मा पुरै शृंखला कहिले आउछ भनेर बताइएको भने छैन । त्यसको लागि अझै केहि समय कुर्नु पर्ने हुन सक्छ । यो विषयमा सीआईडीको अधिकारिक बिक्रेता कम्पनी सोनी इन्टरटेनमेन्ट टेलिभिजनले कुनै जानकारी दिएको छैन ।

सीआईडीमा दया शेट्टी, आदित्य श्रीवास्तवको साथमा मुख्य भूमिकामा शिवाजी साटम र स्वर्गीय दिनेश फडनीस थिए तर दिनेश फडनीसको डिसेम्बर ५, २०२३ मा बहु अंग विफलताको कारण मृत्यु भएको छ । अन्य भूमिकामा कोको छन् भनेर अहिले देखाइएको छैन भने अब आउने नया टिजरमा अन्य व्यक्तिहरुलाई पनि देखाइन सकिने भन्दै धेरैले आंकलन गरेका छन् ।

हेर्नुहोस् प्रोमो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा