Official Website of NEB Result & News

पाल्पामा हावाहुरीले रुख पल्टाउँदा गुडिरहेको स्कुटरमा सवार युवकको मृत्यु

पाल्पामा हावाहुरीले रुख पल्टाउँदा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । डुम्रे नजिकै जरे पिपलमा बाटोमा सल्लाको रुख पल्टेर लाग्दा स्कुटर चालक तानसेन नगरपालिका-५ कैलासनगरका २० बर्षिय भुवन सिंजालीको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शी बुटवलका ब्यवसायी दिनेश श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले पनि उक्त कुरालाई पुष्टि गरे।

सल्लाको रुख पल्टेर च्याप्दा सिंजालीको घटनास्थलमै ज्यान गएको हाे । लु ८१प ११३६ नम्बरको स्कुटर चालक भुवन पाल्पाबाट बुटवलतर्फ आउँदै थिए ।

प्रकाशित : चैत्र १७, २०८० २०:३०