जहाँ पूजाआजा गरेपछि सन्तान प्राप्ति हुन्छ

गोरखा । गोरखा सदरमुकामदेखि करिब १३ किलोमिटर पूर्वतर्फको दुरीमा सन्तानेश्वरको मन्दिर अबस्थित छ । शहिद लखन गाउँपालिका वडा नं. ८ मा रहेको यस मन्दिर प्रति मानिसहरुको अनौठो विश्वास रहेको छ ।
त्यहाँ दिनभर ब्रत बसेर रातभर बत्ती बाल्दा सन्तान प्राप्ती हुन्छ भन्ने विश्वास छ । अरु समयमा सन्तानेश्वर महादेव मन्दिरमा खासै भीड लाग्दैन् । शिवरात्री र तीजमा भने मेलामा जस्तो मानिसको भीड लाग्छ ।
तीजको समयमा भने पूजाआजा गर्ने र महादेवसँग बर माग्नको लागि भक्तजनहरु मन्दिर आउने गर्छन् । सन्तानेश्वर मन्दिरमा सन्तान सुख र मनोकांक्षा पूरा हुने विश्वासमा भक्तजनहरु मन्दिर आउने गरेको स्थानिय धिरेन्द्र भण्डारी बताउछन् ।
सो मन्दिरमा भाक्कल गर्न आउने मानिसहरुले छोरा नभएकालाई छोरा र छोरी नभएकालाई् छोरी प्राप्त हुने नजविश्वास छ । यसैगरी विवाह नभएकाहरुले बिबाह होस् भनि लागि भाक्कल गर्दा मनोकामना पुरा हुने धार्मिक विश्वास छ । ‘सन्तानकै लागि प्राय मानिसहरु महादेवको मन्दिर आउँनुहुन्छ, अर्का स्थानीयले भने, मनबाट सेवा गर्यो भने मनले जे चितायो त्यो पुरा हुन्छ ।’
शहिद लखन ८ कि सानी श्रेष्ठ छोरा नभएर चिन्तित थिइन् । उनले ३ जना छोरीलाई जन्म दिइन्, छोरी जन्मिएको ७ वर्ष सम्म छोरा भएनन् । धेरै भगवानको तपस्या पूजाआजा समेत गरे तर उनको समस्या समाधान भएन् । उनm सो वर्ष नै घरमा पूजाआजा गरेर शिवरात्रीमा सन्तानेश्वर महादेव मिन्दिरमा उनले पूmलको डोली लगिन्, मन्दिरमा रातभर बत्ति बालिन् ।
‘महादेवजी मलाई छोरा दिनुहोस् भनि बत्ति बालेर रातभर जाग्रराम बसेँे ,’ उनले भनिन् । त्यसपछि उनले जुम्ल्याहा छोरा जन्माइन् ।
‘अरूले भनेको सुन्दा विश्वास थिएन, आफैंले भोगेपछि विश्वास भयो,’उनले भनिन् । उनी अहिले ६९ वर्षकी भइन् । आफ्नो मनोकामना पुरा गरिएको भन्दै उनले खुसी व्यक्त गरिन् ।
्यसरी सन्तान नभएका, सन्तान भएर पनि आफ्नो चाहना अनुसार छोरा नहुने छोरा माग्ने र छोरी नहुनेले छोरा माग्दा प्रारुत हुने जन विश्वास छ । विशेष गरी उक्त मन्दिरमा रातभर जाग्राम बसेर भजनकीर्तन गर्ने, लाखे नाँच लगाउने साथै बत्ति बाल्ने परम्परा छ । शिवरात्रीमा विषेश पूजा हुन्छ । उक्त दिन भक्तजले पहेंलो चन्दन, पहेंलो अक्षता, गाईको दुध, स्रिखण्ड, बेलपत्रले पूजा गर्ने परम्परा छ ।
सन्तानेश्वरको आशिषले सन्तान प्राप्त हुने भरोसा गर्ने भक्तजन मात्रै होइन, बिहे लगायत धर्मकर्मका लागि पनि मानिसहरु आउने गर्छन । उक्त मन्दिरमा वाग्ले परिवारले पुस्तौंदेखि महादेब मन्दिरमा पूजा गर्दै आएका थिए । वर्षौं पुरानो उक्त मन्दिर जीर्ण बनेपछि २०५० सालमा पशुपति नाथबाट नयाँ शिला ल्याइएको पुर्ननिर्माण गरिएकाथियो । उक्त शिला ल्याएपछि सामान्य मन्दिर बनाएर ०५१ सालदेखि स्थानीय शिबराज वाग्लेले नियमित रुपमा पूजाआजा गर्दै आएका थिए ।
२०७२ सालको भुकम्पले मन्दिर भत्कायो । त्यसपछि स्थानियको सहयोगमा जगै देखि मन्दिर पुर्ननिर्माण गरिएको छ । हाल पूजाआजा गर्दै आएका शिबराज वाग्लेका बाबु बालकृष्ण वाग्ले, हजुरबुबा गुणाखर वाग्ले लगायतले उनका पुर्खाले पूजारीको रुपमा काम गरेका थिए ।
सन्तानेश्वर क्षेत्रलाई धार्मिक पर्यटनका केन्द्र बनाउन लागिएको सन्तानेश्वर महादेव मन्दिर ब्यबस्थापन तथा संरक्षण समितिका सचिव अमृतबाबु श्रेष्ठ बताउँछन् ।
समितिले मन्दिर परिसरमा शिवरात्रीको अवसरमा धार्मिक, सास्कृतिक, पर्यटकिय स्थलको जर्गेना गर्ने उदेश्यले वर्षेनी महाशिवरात्री पर्व विषेश रुपमा मनाउदै आएको उनले बताए । सो कार्यक्रममा स्थानीय झाकी, लाखेनाँच, पन्चेबाजा, झ्याउरे, भजन लगायत विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रम हुने गरेको छ ।